नेपाल प्रज्ञा-प्रतिष्ठानको हल बुकिङ साइटमा स्वागत छ
(Welcome to Nepal Academy Hallbooking)

हल बुकिंग गर्नुहोस् (Proceed to Hall Booking) »

सेवा, सर्त तथा सुविधाहरू

हल बुकिङ्ग अनलाइन गर्दा चाहिने आवश्यक जानकारीहरू:

  • १. अनलाइन हल बुकिङ गर्दा नै सम्बन्धित हल-भाडाको सम्पूणर् रकम चौबिस घण्टाभित्र जम्मा गरेपछि मात्र हल बुकिङ सुरक्षित हुने छ । अनलाइन गर्दा कुनै समस्या वा अनलाइन गर्न नसकिएको खण्डमा आर्थिक प्रशासन शाखामा सोझै गएर वा 9847393568 सम्पर्क गरेर पनि बुकिङ गर्न सकिने छ ।
  • २. कार्यक्रमका लागि हल-भाडा रकम दाखिला गरेसकेपछि र उक्त कार्यक्रम हुने मितिको १ (एक) हप्ताअगाडि नै धरौटी रकम (कार्यालय बन्द वा बिदाको दिनबाहेक) जम्मा गरेको रसिद आर्थिक प्रशासन शाखामा बुझाइसक्नुपर्ने छ वा रसिदको कपी यस इमेल: accounts@nepalacademy.gov.np र 9847393568 मा WhatAPP, Viber मा पनि पठाउन सकिने छ ।
  • ३. यदि कुनै कारणवश हल बुकिङ गरिसकेपछि उक्त बुकिङ रद्द गर्नुपरेमा ५०% मात्र रकम फिर्ता हुने छ ।
  • ४. कार्यक्रम हुने ७ दिनअगाडि बुझाइएको धरौटी रकम कार्यक्रम सकेको १ वर्षभित्र भुक्तानी लागि निवेदन पेस गरी फिर्ता लिइसकेको हुनुपर्ने छ । अन्यथा प्रचलित नियमबमोजिम उक्त धरौटी रकम फिर्ता हुने छैन ।
  • ५. कार्यक्रम बुकिङ गर्ने संस्थाको हकमा संस्थाको लेटर प्याडमा र व्यक्तिको हकमा पहिचान खुल्ने पासपोर्ट, नागरिकता वा आइडी कार्डसहितको निवेदन अनिवार्य पेस गरिएको हुनुपर्ने छ । संस्थाको वा व्यक्तिको प्यान न. भएमा पेस गर्न सकिने छ ।
  • ६. कार्यक्रम गर्नका लागि राखिएको धरौटी रकम फिर्ताको सम्बन्धमा भवन सम्भार शाखाको पत्र आर्थिक प्रशासन शाखामा प्राप्त भएपछि मात्र धरौटी रकम फिर्ता हुने छ ।
  • ७. हल बुकिङको रकम जम्मा गर्दा ग्लोबल आइएमई बैङ्क लिमिटेड, कमलादी शाखाको नेपाल प्रज्ञा-प्रतिष्ठान -हल-भाडा) Nepal Pragya Pratisthan (Hall Bhada) नामको खाता नं. ३०१०१०१०००२५७४ (30101010002574) मा रकम जम्मा गर्नुपर्ने छ ।
  • ८. धरौटीबापतको रकम जम्मा गर्दा ग्लोबल आइएमई बैङ्क लिमिटेड, कमलादी शाखाको नेपाल एकेडेमी Nepal Academy नामको खाता नं. ३०१०१०१०००००३८ (30101010000038) मा जम्मा गर्नुपर्ने छ ।
  • ९. कार्यक्रमको मिति सार्नुपर्दा पहिलो पटकका लागि हल-भाडा जम्मा गरेको रकमको १५% शुल्क लाग्ने छ । दोस्रो पटक सार्नुपर्दा हल-भाडाको जम्मा रकमको २५% शुल्क लाग्ने छ, त्यसपछिको कार्यक्रमको मिति सार्न पाइने छैन र हल-भाडा जम्मा गरेको रकम पनि फिर्ता हुने छैन ।
  • १०. सम-प्रेक्षालयमा कार्यक्रमको तयारीका लागि स्टेजमा विशेष सजावटका लागि २४ घण्टाअगाडि नै कति घण्टा अतिरिक्त समय लिने हो त्यसका लागि प्रति घण्टा रु. १५,०००।- का दरले तिरिसक्नुपर्ने छ र त्यसको जानकारी आर्थिक प्रशासन शाखामा पत्र र शुल्क तिरेको रसिद पेस गर्नुपर्नेछ ।
  • ११. हल बिहान ८:०० बजेदेखि बेलुका ९:०० बजेसम्म मात्र आरक्षण गर्न पाइने छ ।